काठमाडौं । हेडलाइन्स टिप्पणी ।
सुवासचन्द्र नेम्वाङ व्यक्तिगत रुपमा सरल, विस्तारै बोल्ने, मिठो बोल्ने अनि मिलनसार स्वभावका व्यक्ति मानिन्छन् । उनी अरुलाई सितिमिति चिढाउन चाहन्न । जसले गर्दा उनलाई धेरैले मन पराउँछन् । कुटनीतिक व्यवहारमा पारंगत मानिने नेम्बाङमाथि सहमतिका नाममा संविधानसभा जस्तो सार्वभौम संस्थालाई बन्धक बनाएर मृत्यू शैयामा पुर्याएको आरोप नलागेको होइन ।
उनी यस्ता सभामुख हुन् जो २०६२÷०६३ को जनआन्दोलन पछि पुर्नस्थापित संसददेखि निरन्तर २०७२ साल असोज १७ गतेसम्म सभामुख र दुई पटक नै संविधानसभाको अध्यक्ष भए । उनकै पालमा संसदमा वितण्डा मच्चियो, संददमै कुर्चि तोडफोर र माइक भाँच्ने काम भयो । कतिपय अवस्थामा संसदीय मर्यादा विपरितका काम पनि भए ।
अघिल्लो संविधानसभाले चारपटक म्याद थप्दा पनि संविधान जारी गर्न सकेन । त्यत्रो लगानी र समय खेर गयो । परिणामतः असफलता हात परेको यथार्थ हाम्रो सामु इतिहास बनेर रहेको छ । त्यो संविधानसभाको अन्तिम दिन (०६९ साल जेठ १४) सभाको बैठकै नबसाली संविधानसभा विघटन हुनुको दोष पनि नेम्वाङ्ग माथि नै लाग्यो ।
सभामुख र उपसभामुखले राजिनामा साटा साट गरे, जाँदा जाँदै नेम्बाङको अपिल
विपक्षीले अहिले पनि संविधानसभाको अध्यक्षले बैठक नबोलाएका कारण संविधानसभा बिघटन गर्नु पर्ने अवस्था आएको भनेर उनलाई आक्षेप लगाउने गर्छन् । अघिल्लो संविधानसभामा उनको पार्टी नेकपा एमाले सानो अर्थात तेस्रो पार्टी थियो । पछिल्लो संविधानसभामा परिणाम उल्टियो । अघिल्लो पटक संविधानसभाको बैठक नबसालेको भनेर आरोप लगाउने त्यति बेलाको प्रमुख पार्टी एमाओवादी दोस्रो पटक पहिलेको एमालेभन्दा पनि सानो भयो ।
एमाओवादी अहिले सहमतीमै संविधान जारी गर्नु पर्ने, सहमती विपरित प्रश्नावली समिति बनाउन नहुने पक्षमा थियो । त्यसको बावजुट अध्यक्ष नेम्वाङ अघि बढे । एमाओवादी र मधेस केन्द्रीत दलले नारावाजी मात्र गरेनन् । संविधानसभामा तोडफोनै गरे । ठूलो भौतिक क्षति भयो । उनकै पालामा चार तला माथिबाट सभासद्ले कुर्चि फ्याके । बजेट पेश गर्ने बेला अर्थमन्त्रीको ब्रिफ केस नै खोसियो । तर कुनैलाई पनि कारवाही भएन । दोषी ठानिएकाले त उनलाई ठिक ठाने होलान तर विधि र प्रकृयाको उलंघन भयो । उनी निहिर भएर चुपचाप सहिरहे । छानविन समिति गठन गरियो । तर त्यसको प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन ।
वकालत पेशामा रहेका नेम्बाङ्गको राजनीतिक पृष्ठभूमि पनि लामो छ । कानून र मानविकी संकायमा स्नातक गरेका नेम्बाङ पञ्चायतकालमा वकालतमा छुट्टै र चर्चित नाम थियो । उनी पाटीभित्र मात्र होइन विपक्षी र आम जनतामा लोकप्रिय छन् । तर उनी असक्षम रहेको, त्यसरी संविधान सभाले मृत्युवरण गर्दा मूकदर्शक भएको जस्ता आरोप निरन्तर लागिरहे । त्यसका लागि अघिल्लो संविधानसभामा उनले गर्नु पर्ने के थियो, के गरे भन्दा पनि अन्तिम घडीसम्म आईपुग्दा पनि उनले कहिल्यै भनेनन् कि संविधान बन्दैन ।
नत्र… भन्दै सुवास नेम्बाङले फेरि स्थगित गरे संविधानसभा
दलका नेताहरुले सहमतीको नाममा जति समय मागे, नेम्वाङले त्यती उपलब्ध गराइरहे । सहमतीको नाममा समय मात्र बर्बाद गरिरहँदा सहमती नगर्ने भए विवादका विषय मतदानमा लौजाने एउटा ‘बोल्ड डिशिजन’ लिनु पर्ने थियो, त्यो हुन सकेन । संविधानसभा विघटनको अवस्थामा पुग्न लाग्दा समेत त्यसको अगुवाका हिसावले अध्यक्ष नेम्वाङ्गले आफूलाई प्रस्तुत गर्न नसकेर गम्भीर गल्ती गरे ।
हुन त उनले सधैभरी दलका नेतालाई सहमतीका लागि झक्झकाई रहे, ध्यानाकर्षण गराई रहे । तर उनको ध्यानाकर्षणले काम गरेन । त्यो सभासद्लाई भन्नु पर्ने थियो, सञ्चार माध्यामबाट बोल्नु पर्ने थियो । के अझै पनि संविधान बन्छ र ? भनि पत्रकारले सोध्दा उनको बारम्बार एउटै जवाफ दिए, ‘बन्छ । म आशावादी छु ।’
स्वार्थ भएर हो वा आँट गर्न नसकेर, अघिल्लो पटक उनका थुप्रै कमी कम्जोरी रहे । त्यसका वावजुत पनि सबै दलले पछिल्लो पटक सर्वसम्मत अध्यक्ष र सभामुख बनाए । तर यो पटक उनले निक्कै आँटिलो स्वभाव देखाए । यो पटक कुनै पनि हालतमा संविधान जारी गर्नु पर्छ भन्ने दृढ संकल्प र अठोट देखाए । संविधानसभामा अनेकै अवरोधका बीच पनि उनले बैठक सञ्चालन गरे ।
फलतः आज संविधान बन्यो, र अहिले कार्यान्वयनको चरणमा छ । भलै केही असन्तुष्टिका श्वरहरु नभएका होइनन् । त्यसैले यो पटक प्रमुख दलका शिर्ष नेताहरु त्यसमा पनि खासगरी एमाओवादीका अध्यक्ष प्रचण्डको बोल्ड डिसिजन र नेम्वाङको हठि स्वभावले संविधान बन्न सफल भएको हो । बुधबारदेखि उनले सभामुख पदबाट राजिनामाा दिएका छन् । त्यसैले भिलियन बन्ने आरोप लागेका नेम्वाङ हिरो बनेर विदा भएका छन् ।
प्रचण्ड-बाबुराम र गच्छेदारले नेम्बाङलाई र्याख र्याख्ती पारे
The post सुवास नेम्वाङ नायक कि खलनायक ! appeared first on Nepali Headlines.
Source: सुवास नेम्वाङ नायक कि खलनायक !